धनगढी: सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमलाई धम्की दिइएको छ। बिहीबार मन्त्रालयमै घुसेर एकजना सरकारी ओभरसियरले सचिव बमलाई तर्साउनेगरी धम्की दिएका हुन्।
सुरक्षा स्रोतका अनुसार पुरानो भुक्तानीको विषयलाई लिएर ओभरसियरले धम्काएर गएपछि सचिवले प्रहरीलाई गुहारेका थिए। त्यसपछि कैलालीका सीडीओ र कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्ट सो विषय बुझ्न मन्त्रालयमै पुगेका थिए। तर उनलाई धम्की दिने ओभरसियर भने त्यतिबेला गैसकेका थिए।
अहिले प्रहरीले सचिवलाई धम्की दिने ओभरसियरविरुद्ध कारवाहीका लागि निवेदन दिन सुझाएको बताइएको छ। तर निवेदन भने दिए नदिएको खुलाइएको छैन।
Facebook Comments Box