दार्चुला – स्थानीय तह निर्वाचन जिकिएसँगै ९ पालिकामा चुनावी चहलपहल बढेको छ । डाडाँपाखा अनि बजार क्षेत्र विभिन्न थरीका झण्डा र ब्यानरले झकिझकाउ छन् । कतै पञ्चेबाजा त कतै ठूला ठूला डेग र साउण्डबक्समा पार्टीका गीतहरु घन्किएका छन् ।दलका उम्मेदवारहरू आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनीहरु आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित घरदैलोमै भट्न जान्छन्, नमस्कार गर्छन् र भोट माग्छन् । जिल्लाहरुमा कतै गठबन्धन त कतै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा दलहरु मतदाताहरुसंग मत मागिरहेका छन । नेपाली काँग्रस, माओवादी र समाजवादीको गठबन्धनमार्फत प्रतिस्पर्धामा छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेको छ ।सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको फोटो र निर्वाचन चिन्ह बोकेर मतदाताको घरघरमा पसिरहेका हुन्छन् ।
आफ्ना उम्मेदवारलाई विजयी गराउन घरदैलो अभियानलाई तीव्र बनाइएको यहाँका राजनितिक दलका नेताहरुले बताएका छन । जिल्लामा गठबन्धन भएका नगर र वडामा संयुक्त रूपमा प्रचार थालिएको छ । एमालेले जनसभा र कोणसभालगायतका कार्यक्रमलाई तीव्र बनाएको छ ।
एमालेले घरदैलोसँगै आफु सरकारमा हुदा गरेका कामहरु संगै जनताबाट मत मागिरहेको छ । विकास निर्माणका एजेण्डासँगै सुकुम्वासी समस्या समाधान र जेष्ठ नागरिकको हात हातमा भत्ता दिने कार्यक्रमलाई प्रमुख एजेण्डाको रुपमा एमालेले लिएको छ । ‘ज्येष्ठ नागरिकलाई हात–हातमा भत्ता नै हाम्रो मुख्य एजेण्डा हो,’ एमालेका एक नेताले भन्नु भयो । सुकुम्बासी समस्या समाधान र व्यवस्थित सहरीकरणलाई पनि एजेन्डामा प्राथमिकता दिइएको छ ।
यता मतदाता भने चुनावमा मात्र ठूला ठूला सपना देखाएर भोट माग्ने अनि जितेपछि नहेर्ने गरेको बताउँछन् । यो रोग एमाले भन्दा पनि कांग्रेसमा बढि देखिएको छ । ‘चुनावका बेलामा मात्र घरदैलो आउने नेताहरु अघिपछि किन आउँदैनन्’ हाल खंलगा बजारमा व्यवसाय गर्दै आएका चरन धामीले भन्नु भयो । नेताहरु पुरानै कुराहरु ल्याएर आउने र नागरिकको समस्या उस्ताको उस्तै छ ।
‘हाम्रा सामान्य आवश्यकताहरु मात्र पूरा गरेपनि खुसी हुने थियौ’ उनी भन्छन ।‘महाकाली नगरपालिकाको मुख्य समस्या भनेको खानेपानीको हो यो समस्या कहिल्यै पूरा हुँदैन ।’ तीन वर्षभित्र सबैको घरमा चौविसै घण्टा खानेपानी व्यवस्थापन र एक वर्षभित्र खानेपानीको व्यवस्था हुने उल्ल्ेख गरिएको छ ।तर स्थानीय सरकार पाँच वर्ष चलाएका भट्टले अहिलेसम्म बजार क्षेत्रमै खानेपानीको व्यवस्थापन गर्न सकेका छैनन् । अहिले सदरमुकामबासीको धारामा दिनमा एक पटकमा आधाघण्टा पनि पानी आउँदैन् । गर्मी समयमा झन बजार क्षेत्र सुख्खा हुने गरेको छ ।९ वटै वडाका प्रत्येक घरधुरीमा खानेपानी पानी पुर्याउने गरेको बाँचा अहिले आएर घरमा आधा घण्टा पनि पानी आउनै छोडेको छ, स्थानीय भवान विष्टले भन्नुभयो । गाउँकै धारामा पानी आउन छोडेको छ । तीन चार वटा खानेपानी योजना छन्, तर पानी एउटा धारामा पनि छैन् । सदरमुकाम खलंगामा अहिले दैनिक आधा घण्टा पनि खानेपानी आएको छैन् । हिउँदयाममा नगरपालिकाले पानी अभावमा दमकलमार्फत समेत पानी वितरण गर्नुपरेको थियो । नगरपालिकाभित्र स्वच्छ खानेपानी हैन्, खानेपान िसमेत पहुँच हुन सकेन् ।