चितवन — अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनबाट चितवन महानगरपालिकाका मेयर पदकी उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो जित सुनिश्चित रहेको बताएकी छन् ।
गठबन्धनद्वारा आयोजित पहिलो संयुक्त चुनावी सभामा सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख दाहालले आफूले विगत ५ वर्षमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आगामी कार्यकालमा बाँकी रहेका काम पूरा गर्ने दाबी गर्ने बताएकी छिन् ।
उनले आफूले गरेका विकासका कामको वर्णन गर्दै अहिले विकासको ‘कास्टिङ’ मात्र भएको बताउँदै आगामी ५ वर्षमा पूरा ‘फिलिम’ नै देखिने बताइन् । उनले आगामी कार्यकालमा भरतपुरलाई मुलुककै नमूना सहर बनाउने दाबी गर्दै स्मार्ट सिटिको अवधारणा अगाडि सारेको पनि बताइन् ।
उनले आगामी निर्वाचनमा पनि गत निर्वाचनमा जस्तै गठबन्धनका उम्मेदवारले जित हात पार्ने बताइन् । उनले भनिन्, ‘हाम्रो जित सुनिश्चित छ, केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’
उनले चुनाव जितेमा आफू गठबन्धनको साझा मेयर भएर काम गर्ने बताउँदै गठबन्धनलाई दीगो रूपमा लैजाने पनि बताएकी थिइन् ।