धनगढीः सुदूरपश्चिम अटो यातायात प्रालिले अटो भाडादर तोकेको छ । जेठ १६ गते बसेको अटो यातायात प्रालिको बैठले अत्तरियादेखि धनगढी पुगेको विभिन्न स्थानको नयाँ भाडा दर लागू हुने निर्णय गरेको हो।
प्रालिले अत्तरिया चोकदेखि धनगढी भन्सारसम्मको अटोको नयाँ भाडा दर एक सय रुपैयाँ कायम गरेको छ ।
यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेको सूचनामा १५ किलोमिटर सडक पार गर्दा एक सय रुपैयाँ भाडा तोकेको हो। यस्तै, अत्तरियादेखि मनहरा पुलसम्म २० रुपैयाँ, गेटा मेडिकल कलेजसम्म २५ रुपैयाँ, बिस्कुट कम्पनीसम्म ३० रुपैयाँ र अत्तरियादेखि माछा पोखरीसम्म ४० रुपैयाँ भाडादर कायम गरिएको छ।
यसैगरी, अत्तरियादेखि विमानस्थल चोकसम्म ५० रुपैयाँ, बोराडाँडीसम्म ६० रुपैयाँ, ट्राफिक चौराहासम्मको भाडा ७० र भन्सारसम्म पुगाएको एक सय लिने निर्णय भएको छ।
Facebook Comments Box