काठमाडौँ : काठमाडौँ महानगरपालिकामा अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा २१ जना महिलाहरू पक्राउ परेका छन्। जसमा हिजो नेपाली र विदेशी नागरिकसमेत गरेर २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गएराति १ बजे काठमाडौँ महानगरपालिका वडा नं. २६ ठमेल र वडा नं. १ दरबारमार्ग क्षेत्रका सार्वजनिक स्थानमा विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्दै आएका व्यक्तिहरूकोविरुद्ध सो अपरेशन सञ्चालन गरिएको थियो।
सो विशेष अपरेशनमा प्रहरीले दुर्व्यवहार, हराएको सामान फिर्ता गर्न नसक्ने र सार्वजनिक स्थानमा अनैतिक क्रियाकलाप गर्नेहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।अपरेशनमा लैनचौर र दरबारमार्गबाट प्रहरी टोलीहरू खटिएका थिए।
अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
यी हुन् पक्राउ परेका महिला विदेशी नागरिकहरू ?
युगाण्डाकी ३४ वर्षीया भोइला नाकासाङ्गो किसामबारा
२६ वर्षीया रेचल नमुडु
५४ वर्षीया सारा नमता किवानुका
३० वर्षीया सरिफा सेमटिगो
४० वर्षीया रोबिना न्याकयाजे
३० वर्षीया भनेसा नामुतेबी
३० वर्षीया ज्याकलिन नकादाह
३२ वर्षीया साङ्गी रेचल केन्याकी
२९ वर्षीया हेलेन एडहाइमबो
नेपाली नागरिकहरू
रोशनी श्रेष्ठ (२२ वर्ष) नुवाकोट
कृमिना क्षेरी (१८ वर्ष) काठमाडौँ
मसजगना तामाङ (२८ वर्ष) सिन्धुपाल्चोक
रुम्ब तामाङ (२० वर्ष) रसुवा
ईन्दु राई (२३ वर्ष) धनकुटा
मनशा सुनार (२५ वर्ष) कैलाली
नानु काकी (३७ वर्ष) दोलखा
अमिथा पौडेल (२१ वर्ष) काठमाडौँ
दाया गुरुङ (३४ वर्ष) गोरखा
रामधका लामा (४० वर्ष) भारत (हाल काठमाडौँ)
लक्ष्मी राई (२६ वर्ष) नुवाकोट
चमन्द्रका म.ब.क. (४५ वर्ष) काठमाडौँ