काठमाडौंः भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री अश्विनी कुमार चोर्बे काठमाडौं आएका छन्। उनी हिजो राति पौने ११ बजे नेपाल आइपुगेका हुन्।
चार जनाको टोलीसहित राज्यमन्त्री चोर्बे एअर इण्डियाको उडान नम्बर एआई २११ मा नयाँ दिल्लीबाट आएको बताइएको छ। यस्तै अस्ती भारतबाट दुई जना धार्मिक तथा आध्यात्मिक नेता तथा प्रचारकहरु काठमाडौं आएका थिए। उनीहरु नयाँ दिल्लीबाट विशेष विमानमा प्रचारक मोरारी बापुको नेतृत्वमा पाँच सदस्यीय टोली यहाँ आएको बताइएको छ।
बापुको टोली बालाजु रानीवन छेउ ओशो तपोवनमा बसेको बुझिएको छ। यस्तै ब्रम्हऋषि कुमार स्वामी जी महाराज पनि तपोवनमा बसेका छन्। भिस्तारा एअरको उडान नम्बर युके १५५ मा नयाँ दिल्लीबाट अस्ती काठमाडौं आएका उनलाई स्वागत गर्न स्वामी आनन्द अरुण स्वयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।