धनगढीः दार्चुलाको अपिहिमाल गाउँपालिका ३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका ३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो।
शुक्रबार कार्कीको काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्।
यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृतकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको बताएको छ।
Facebook Comments Box