काठमाडौं : नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बंगलादेशको ढाकामा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा नेपालले केन्याविरुद्ध अतिरिक्त पाँच रेडमा ९-५ को जित निकाल्यो ।
निर्धारित समयमा दुवै टोलीको ५०-५० अंक भएपछि खेलको निर्णय अतिरिक्त पाँच रेडबाट लिइएको हो । नेपालले पहिलो पटक फइनलमा स्थान बनायो ।
नेपालले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।
Facebook Comments Box