काठमाडौं: आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्।
यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।
सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।
Facebook Comments Box