काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।
बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।
१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
Facebook Comments Box