धनगढी: सुदूरपश्चिमका विभिन्न स्थानमा बुधबार बेलुकातिर वर्षा भएको छ। सुदूरपश्चिमको अस्थायी मुकाम कैलालीको धनगढीसहित कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्रमा असिनासहित वर्षा भएको हो।
केहीबेरको वर्षाले निरन्तर उकालो लागिरहेको गर्मी केही कम महसुस गरिएको छ भने बढ्दो गर्मीमा राहत महसुस भएको स्थानीयको भनाई छ। यस्तै उता डोटीसहितका अन्य पहाडी जिल्लाहरुमा भने ठूलो हावाहुरी चलिरहेको बताइएको छ।
Facebook Comments Box