काठमाडाैं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन यातायातका साधान नचल्ने भएका छन् ।
निर्वाचन आयोगले मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो ।
चुनावको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्ने पनि आयोगले गरेको छ । यसका लागि आयोगले नेपाल सरकारलाई लेखी पठाएको छ ।
Facebook Comments Box