काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेलाई मत माग्ने अधिकार नभएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले एमालेले ५ वर्ष सरकार चलाउन नसकेकोमा क्षमायाचना गर्नुपर्ने बताए । क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार नभएको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’
प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ । हामीले जनतालाई बुझाउनैपर्छ । त्यो बेलाको सम्झना गराउनै पर्दछ ।’