कञ्चनपुरः कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट अवैध सालको ६ गोलिया (५६.४९ क्युफिट) अन्दाजी २ लाख ८२ हजार ४५० मुल्य बराबरको काठ बरामद गरिएको हो।
उक्त गोलिया इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।
गोलियालाई सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
Facebook Comments Box