काठमाडौं : काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्रैबाट चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने बालश्रमिकलाई महानगरपालिकाले उद्धार गरेको हो ।
महानगर प्रहरीसहितको टोलीले सिंहदरबारस्थित एक चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो । ती बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरपालिकाले जनाएको छ ।
कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले उद्धार गरेको हो ।
काठमाडौं महानगरपालिका अहिले बालश्रमविरुद्ध अभियान चलाइरहेको छ ।
Facebook Comments Box