बैतडीः बैतडीमा पुुरुषको कुुटाइबाट एक महिलाको मृत्युु भएको छ।
जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो।
मंगलवार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधवार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधवार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ।
Facebook Comments Box