कञ्चनपुरः कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लको दोधारा चाँदनी नगरपालिका–७ का २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलका ५० वर्षीय गणेशसिंह साउद रहेका छ्न ।
सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ।
Facebook Comments Box