काठमाडौँ : ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो ।
उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।
गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Facebook Comments Box