काठमाडौं : रुसी सेनामा कार्यरत थप दुई नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार योसँगै रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या अब २५ पुगेको छ ।
जेठ २० सम्मको तथ्यांकअनुसार २५ जनाको मृत्यु भएको बताइएको छ ।
उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई र रुसी सरकारले नेपाली दूतावासलाई जानकारी दिएको हो ।
Facebook Comments Box