विराटनगर : ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको हो ।
मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको बताए । पहिरोमा परि दुई जना घाइते भएका छ ।
Facebook Comments Box