धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । हिजो ३१ गते वडा नम्बर ६ का वडाध्यक्ष हरिष खड्काले गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर धामीलाई धम्क्याएको भन्दै कर्मचारीहरुले आज पेन डाउन गरेका हुन् ।
पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनप्रतिनिधीबाट ज्यान मार्ने धम्की र दुव्र्यवहारको विरोधमा शुक्रबार पेन डाउन गरेको जनाएका छन् ।
साथै घटनाको छानबिन गरी वडाध्यक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने र आफुहरुको सुरक्षाको ग्यारन्टी हुनुपर्ने माग राखेका छन् । यस्तै सम्बन्धीत निकायले मुखदर्शक भएका सामुहिक रुपमा प्रतिकारमा उत्रिने बताएका छन् ।
के हो लफडा ?
केदारस्युँ गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक कमल स्याँडाको सरुवाको बिषयमा लिएर गाउँपालिका शिक्षा शाखा प्रमुख र वडाध्यक्षबिच लफडा भएको बुझीएको छ । स्याँडालाई वडा नम्बर ६ को भगवती माध्यामिक विद्यालयमा सरुवाका लागी विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले सहमति प्रदान गरेको थियो ।
जसको आधारमा जेठ २९ गते गाउँपालिकाले स्याँडाको सरुवाको लागी सहमति प्रदान गरिएको र सरुवा स्विकृत गर्दिन भन्दै शिक्षा विकास समन्वय इकाई बझाङलाई पत्र पठायो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बिष्टले पत्र पठाएपछि स्याडाँको सरुवा प्रक्रिया अगाडी बढ्यो र उनि सरुवा पत्र लिन जिल्ला हानिए । त्यो समयमा शिक्षा शाखा प्रमुख धामी बिदामा रहेको बुझीएको छ ।
तर हिजो जेठ ३१ गते घर बिदाबाट फर्किएका धामीले जेठ २९ गते गाउँपालिकाले स्याँडालाई सरुवा रोक्न भन्दै शिक्षा विकास समन्वय इकाई प्रमुखलाई फोन गरेर जानकारी गराए र पालिकाले पत्र समेत पठायो ।
उक्त पत्रमा शिक्षक सरुवा निर्देशिका २०८१ को अनविज्ञताको कारण सहमति प्रदान गरेको भन्दै जेठ २९ गते गाउँपालिकाले स्याँडाको सरुवा सहमतिको सिफारिस रद्ध गरिएको भन्दै अर्को पत्र पठायो । सोही आधारमा शिक्षा विकास समन्वय इकाईले स्याडाँको सरुवा रोक्यो ।
यसरी आफ्नो वडाको विद्यालयमा आउन लागेका शिक्षको सरुवा रोकेपछि फायर भएका वडाध्यक्ष खड्काले धामीलाई फोनमार्फत अपाच्य शब्द प्रयोग गर्दै तथानाम गाली गरे । अहिले उक्त अडीओ रेकर्ड सामाजिक सञ्जालमा भाइरल भईरहेको छ भने कर्मचारीहरु आन्दोलनमा छन् ।
यस बिषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले सामान्य बिषयलाई लिएर वडाध्यक्ष उग्र भएर गालि बेज्जतीमा उत्रिएको बताए । उनले विवाद छलफलबाट टुङ्गाइने बताए ।
यस्तै वडाध्यक्ष खड्काले शिक्षा शाखा प्रमुखले मनोमानि गरेको कारण आवेषमा आएर बोलेको बताएका छन् । उनले आफुले गाल्ती गरेको भए अथवा स्याँडाको सरुवाको प्रक्रिया नमिलेको भए अदालतमा मुद्धा गर्न सुझाएको तर सरुवा नरोक्न भन्दै आग्रह गर्दा धामीले अटेर गरेको कारण आक्रोसमा आउनु परेको बताए ।