काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ ।
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।
बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box