काठमाडौंओ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् ।
जनतालाई झुटा आश्वासन बाँडेर बटुलेको मतको इज्जत गर्न नसकेको आरोप लगाउँदै नेता महतले अहंकार र मै हुँ भन्ने मानसिकताले देश अगाडि नबढ्ने बताए ।
नेता महतले भने, ‘उहाँको अहंकारले उहाँकै पार्टीभित्र विद्रोह भयो । त्यसपछि नेपालमा कांग्रेसको माग भएपछि नेतृत्व लिएका हौँ । कोरोना भाइरसको महामारीले उत्पन्न परिस्थितिलाई विस्तारै सहज बनाएका छौँ । उद्योग खुलेका छन्, सबैले खोप लगाएका छन् । सहज परिस्थिति बनाउदै छौँ।’
Facebook Comments Box