धनगढी : धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको सचिवालयबाट कृपाराज उपाध्यायलाई फिर्ता पठाउन निर्देशन दिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा कृपाराजलाई फिर्ता पठाउन निर्देशन दिएको हो।
उनी ठेकराज माध्यामिक विद्यालयका शिक्षक हुन्। हमालले आफू निर्वाचित भएपछि कृपाराजलाई सचिवालयमा ल्याएका थिए। यसरी शिक्षकलाई नगर शिक्षा ऐन २०७४ को दफा ४१ विपरीतको कार्यमा खटाईएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ।
महालेखाले कृपाराजको ठाउँमा करारमा थप शिक्षक नियुक्त गरेर आर्थिक व्ययभार थपिएको उल्लेख गरेको छ।
Facebook Comments Box