धनगढी : बझाङको थलारा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले अवैध रुपमा झण्डै पाँच लाख भत्ता बुझेका छन् ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ३० जनाले नियम विपरित आफ्नै वडामा अनुगमन गरेर ४ लाख ९० हजारबढी पचाएको उल्लेख छ ।
उनीहरुले आ आफ्नै वडाहरुमा अनुगमनको भरपाई तयारी गरी सो रकम बुझेको देखाएका छन् । सुदूरपश्चिम प्रदेश सरकार स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ विपरित अनुगमनका नाममा अनियमितता गरेका छन् ।
महालेखाले उनीको बुझेको रकम अशुल गर्न निर्देशन दिएको छ ।
यि हुन भत्ता बुझ्ने जनप्रतिनिधी र कर्मचारी ?
Facebook Comments Box