काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ।
नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले महत्वपुर्ण विकेट तीन लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। भने डेभिड मिलरलाई १७.३ओभरमा आउट गरे ।
यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।
वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।
कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए।
त्यसअघि कुशलले नै १२ औ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।