धनगढी : भारतको पिथौरागढ जिल्लास्थित धारचुलामा नेपाली किशोरद्धारा त्यहाँका एक किशोरको हत्या गरिएको छ ।
धारचुला सिस्ता (छलमाछिलासो) बस्ने १७ वर्षीय अनुज कुमार सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।
भारतीय प्रहरीका अनुसार शनिवार बिहान ११ बजेतिर दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरा बस्ने अन्दाजी १६ वर्षीय सुबुराम लुहारले सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जनाएको छ ।
सिस्तालको हत्या गरी महाकाली नदीमा हाम फालेर भाग्न खोजेका लुहार नदीमा बेपत्ता भएको पनि बताइएको छ । केहि स्थानीयले लुहारलाई नदीमा बग्दै गरेको देखेको बताएका छन्।
बेपत्ता लुहारको अहिले नदी किनार खोजी भइरहेको छ । लुहार धारचुला गब्र्याल खेडा बस्दै आएका थिए । सिस्ताल सुबुराम लुहारको बहिनीसँग अनैतिक सम्बन्धमा रहेको भन्दै हत्या गरिएको बुझिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।