धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा यौनधन्दा मौलाउदै गएको पाइएको छ। केही समययता प्रहरीले छापा हान्ने क्रममा दिनहुँ यौन क्रियाकलापमा संलग्न युवायुवतीहरु समातिने क्रम जारी छ।
सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले हिजो (शनिबार) मात्र ४ जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया रिङरोड स्थित न्यू अपि सुदूरपश्चिम होटलबाट उनीहरूलाई समातिएको हो।
होटल मालिकसहित ४ जनालाई अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा फेला पारेर समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box