काठमाडाैं: मकवानपुरमा १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन्। मकवानपुरस्थित प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट बलात्कार आरोपमा पक्राउ परेका हुन्।
कञ्चनपुर घर भएका उनीविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए।
उनी १६ जेठमै पक्राउ परेका थिए। उनले अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानटले पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। अहिले घटना अदालतमा पुगेको छ।
Facebook Comments Box