काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन इरान प्रस्थान गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार साँझ इरान प्रस्थान गरेका हुन्। उनलाई विदाइ गर्न परराष्ट्र सचिव सेवा लम्साल, पराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई लगायतका अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए।
इरानको तेहरानमा असार १० गते हुने एशिया सहयोग संवादको मन्त्रीस्तरीय बैकठपछि श्रेष्ठले द्वीपक्षीय भेटवार्ता थाल्ने छन्। उक्त बैठकको साइडलाइनमा उनले विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।
त्यस्तै परराष्ट्र मन्त्रालयका उपसचिव ज्ञानबहादुर मगरले वरिष्ठ अधिकारीको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते गते नेपाल फर्किनेछन्।