नेपाल, धनगढी: उत्तरप्रदेशस्थित बरेलीमा भएको दोहोरो गोली हानाहान प्रकरणको प्रहरीले तीव्र अनुसन्धान थालेको छ। हिजो शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको थियो। सो गोली हानाहानपछि प्रहरीले गोलीकाण्डमा संलग्नलाई खोजीखोजी समात्ने कार्य थालेको छ।
बरेली प्रहरीका अनुसार सो गोलीकाण्डमा संलग्न एक जनालाई हिजो नै समातिएको छ। हिजो राति ललित सक्सेनालाई इन्काउन्टरमा समातिएको हो। उनी इन्काउन्टरमा घाइते पनि भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार इज्जतनगरको कलापुर नहर, अड्डापुर मोड नजिकै प्रहरीले ललितलाई रोक्न खोजेको थियो।
तर त्यो समयमा ललितले प्रहरीमाथि फायर गरेर भाग्न खोजेपछि प्रहरीले जवाफी पायर गरेर गोली चलाएको थियो। त्यसपछि प्रहरीले चलाएको गोली ललितको दाहिने खुट्टामा लागेको र अहिले उनलाई अस्पतालमा लगिएको जनाइएको छ। ललित इज्जतनगरका स्थानीय हुन्। प्रहरीले उनको साथबाट बिना नम्बरको बाइक मोबाइल बरामद गरेको थियो।
हिजो बिहानै बरेली तनावग्रस्त बनेको थियो। सुरुमा राजीव राणाका छोरा र केपी यादवले आफ्ना ४०-५० अपरिचित व्यक्ति र ०२ जेसीबी ल्याएर आदित्य उपाध्यायको पसलमा आएर तोडफोड गर्न थालेका थिए। सोही क्रममा अर्को पक्षले गोली चलाएपछि मुडभेट भएको थियो। प्रहरीले दुवैतर्फबाट गोली हानाहान भएको र जेसीबीमा आगजनी खबर पाएपछि टिम पठाएको थियो।
त्यसपछि सो क्षेत्रमा प्रहरीले घटनास्थलमा पुगेर दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। घटनास्थलबाट हिजै आदित्य उपाध्याय, उनका छोरा अविरल उपाध्यायलाई एसबीबीएल १२ बोरको बन्दुकसहित पक्राउ गरिएको छ भने अर्को पक्षको फर्च्युनर कार बरामद गरिएको छ। घटनाको सम्बन्धमा इज्जतनगर प्रहरी चौकी, बरेलीमा मुद्दा दर्ता गरी थप कानुनी कारबाही भइरहेको जनाइएको छ। जमिन कब्जाको विषयलाई लिएर गोलीकाण्ड भएको बुझिएको छ।
र, यो पनि: बरेलीमा २ समूहबीच गोली हानाहान, भयो आगलागी [भिडिओसहित]