धनगढी : न्याय सेवा आयोगले आठ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
आयोगले जेठ ३१ गते २०३ जनाले परिक्षा दिँदा ८ जना मात्रै लिखित परीक्षा पास गरेको सूचना प्रकाशित गरेको थियो।
अन्तरवार्तापछि उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरेको आयोगका प्रवक्ता अशोक क्षेत्रले जानकारी दिए।
नियुक्ति सिफारिस हुनेमा बझाङका बसन्तराज जोशी र कमलकान्त जोशीसहित अन्जनराज सापकोटा, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई र मनिराज ज्ञवाली रहेका छन् ।
आयोग आह्वान गरेको विज्ञापनमा आन्तरिक खुला पदमा २१ जनाको मागमा चार जना, खुला १२ मा ७, महिला ४ जना माग भएको एक जना पनि पास भएनन्।
त्यस्तै आदिवासी जनजाती २ न्यायाधीश माग भएकोमा १ जना उत्तीर्ण भएका थिए। दलित र अपाङ्गता भएकाबाट एक एक जनाको माग भए पनि कोही पनि उत्तीर्ण भएनन्।
आयोगका अनुसार अझै २७ जना जिल्ला न्यायाधीशको पद रिक्त छ।