काठमाडौं : चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।
त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते स्वदेश फिर्ता हुने जनाइएको छ।
Facebook Comments Box