धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले ध्यानमा ध्यान दिनुपर्ने जनाएका छन्। धनगढीमा मन्त्रालयद्वारा आयोजित तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन्।
सो कार्यक्रमम मन्त्री भाटले पछिल्लोसमय ध्यान केन्द्रित नहुँदा मानव जीवनमा समस्या पैदा हुने गरेको बताए। त्यसैले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था रहेको र ध्यान केन्द्रित हुनेपर्ने दाबी गरे।
त्यस्तै मन्त्री भाटले युवाहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट टाढा राख्नुपर्ने बताएका थिए। पछिल्लो समय कैलाली कञ्चनपुरमा युवाहरू लागूपदार्थमा परिसकेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए। सोमबार बिहानदेखि सुरु भएको उक्त तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रम मङ्गलवारसम्म जारी रहने छ। यहाँ चिकित्सक तथा नर्सहरू सहभागी भएका छन्।
ओसो तपोवनका स्वामी आनन्द अह्रतले तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्।