काठमाडौँ : हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मधेश, बागमती, गण्डकी र प्रदेश १ मा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
Facebook Comments Box