सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाबाट गठबन्धनबाट उपमेयर पदका लागि उम्मेदवारी दिएकी शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ ।
माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले चुनावका लागि प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । साथै वीरेन्द्रनगरस्थित जुम्ला रोडमा राखिएको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी गरिएको जनाइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box