काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् ।
महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । तर, गर्ने नगर्ने बारे कुनै प्रतिक्रिया नआएको महामन्त्री ढकालले जानकारी दिएका छन् ।
‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन,’ ढकालले भने ।
बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ ।
गत बुधवार महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।
Facebook Comments Box