काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादव चाक्सिवारी पुगेका छन्। आज (सोमबार) यादव नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवासमै पुगेका हुन्।
यादवले अस्वस्थ बनेर हालै भारतमा उपचार गराई नेपाल फर्किएका सिंहको स्वास्थ्य अवस्थामा बुझेको बताइएको छ। यस्तै उनीहरूबीच सामान्य जीवन यापन र समसामयिक राजनीतिबारे पनि छलफल भएको बताइन्छ।
मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। अहिले उनको अवस्था सुधारोन्मुख छ।
Facebook Comments Box