धनगढी : बझाङको केदारस्यूँ गाउँपालिकाले समग्रमा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत र पूँजिगत तर्फ ८९ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको हो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ९०.७१ प्रतिशत खर्च भएको बताए ।
गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागी ५५ करोड २६ लाख ५४ हजार ५३६ रुपैयाको बार्षिक स्वीकृत बजेट मध्ये ५० करोड २४ लाख १९ हजार ९२३ रुपैया अर्थात ९०.७१ प्रतिशत प्रगती भएको जनाइएको छ ।
बुधबार वित्तीय विवरण सार्वजनिक गर्दै पालिकाले असार २४ गते राती १० बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए।
साथै चालु आर्थिक बर्ष २०८०/८१ को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले धन्यबाद समेत दिएका छन् ।