धनगढी : धनगढीको निसर्ग अस्पतालको रचम लापरबाहीले एक युवतीको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका १ शिवनगर बस्ने २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो।
सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो। डाक्टरको लापरबाहीले गर्दा नै विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।
मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरे। अस्पतालले भने लापरबाही स्विकार गरेको छैन।
लक्ष्मी जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन्।
Facebook Comments Box