धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए ।
यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए ।
केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।
Facebook Comments Box