धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको हो। अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो। तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ।’
उनले पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले आफ्नो अस्तित्व सिद्ध गर्दै आएको बताए।
Facebook Comments Box