कैलाली– नेकपा एमालेका नेता एवम सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा टाँगिएको भन्दै धनगढी–१९ मा नेपाली काँग्रेसका युवाहरुले शनिबार राति ९ बजेको समयमा नियन्त्रणमा लिएका हुन् ।
से१झ ३०७ नम्बरको सरकारी गाडीलाई लिएर युवाहरुले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनलाई प्रदेशसभाले गाडी उपलब्ध गराएको थियो ।
Facebook Comments Box