धनगढी : धनगढीको मोहना नदी किनारमा वेवारिसे अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–९ को मोहना नदीको किनारमा बिहीबार वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बिहीबार दिउँसो नदीको किनारमा अन्दाजी ३० ३५ वर्षको देखिने पुरुषको शव फेला परेको जानकारी दिए । उनको पहिचान भने गर्न सकिएको छैन ।
घटनास्थल कार्य सकेर प्रहरीले वेवारिसे अवस्थाको शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । वर्षातको समय भएकाले शव बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
Facebook Comments Box