धनगढी : धनगढीमा भारतबाट अवैध रुपमा ल्याइएको सामान बरामद गरिएको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उप–महानगरपालिका–९ मसानघाट नजिकबाटे सवा दुई लाखको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराले भारतबाट भन्सार छली ल्याएको अन्दाजी मुल्य दुई लाख १४ हजार ८७० रुपैयाँको सामान बरामद गरिएको जानकारी दिए ।
उनकाअनुसार ५९ पिस सेन्डो २७ तन्ना, ७४ कट्टु २४ भाईरल सारी लगायतका सामान वेवारिसे अवस्थामा बरामद गरिएको थियो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box