बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा हंगामा भएको छ। विप्लव माओवादी निकट युवा नेता भरत मल्लले सार्वजनिक सुनुवाइको माइन्युट नै खोसेर लगेका छन्।
कार्यक्रममा जनताको व्यापक उपस्थिती नभएको भन्दै मल्लसहितका युवाहरुले आपत्ति जनाएका थिए। उनीहरुको सार्वजनिक सुनुवाइ जस्तो महत्त्वपूर्ण कार्यक्रममा केवल २ ४ जना अगुवा र पछुवाहरु मात्रै राखेर कर्मकाण्डी कार्य गर्न खोजिएको आरोप लगाएका छन् ।
मल्लले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, “यो कार्यक्रम जनताको लागि हो तर यहाँ जनताको उपस्थिती नै छैन। यसलाई हामी स्वीकार्न सक्दैनौं।” मल्लसहितका युवाहरुले माइन्युट कब्जा गरेर आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाउने घोषणा गरेका छन्।
गाउँपालिकाकाले भने यस घटनाको छानबिन गरी उचित कारवाही गर्ने बताएका छन्। जनताको सहभागितामा कुनै पनि कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनीहरुले भविष्यमा यस्ता समस्याहरु आउन नदिन तत्पर रहेको बताएका छन्।