काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता यात्रु र बस फेला परेका छैनन् । बसमा सवार सबै यात्रुको अवस्था अज्ञात छ ।
बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्र्दा र एउटा ट्राउजर फेला पारेको छ ।
१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन छन् । आज रात परिसकेकाले खोजीकार्य अब भोलीमात्रै हुनेछ ।
चितवनको सिमलतालमा आज बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फजाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिसुलीमा बगाएको थियो । बसमा ५४ जना सवार रहेको खुलेको छ ।
तीनजना भने हाम फालेर बाच्न सफल भएका थिए ।
Facebook Comments Box