धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१ मोहन्याल मन्दिर स्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको से२प २७५९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना किशोर घाइते भएका छन्। घाइते हुनेमा गौरीगंगाका १५ पर्षीय चन्द्र घर्तीमगर रहेका छन्।
उनको स्थानीय डिके मेमोरियल अस्पताल चौमालामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box