धनगढी: कैलालीको धनगढीमा २ जना कमिसनखोर कर्मचारी समातिएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयको टोलीले उनीहरूलाई समातेको हो।
यसरी समातिनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाकाका कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन्। उनीहरूबाट ४ लाख १२ हजार रुपैयाँ र ४५ लाख बढीको चेक बरामद गरिएको बताइएको छ।
उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो।
स्रोतका अनुसार उनीहरुले पालिकाको कृषक समूहको १ करोड बढीको सामान खरिदको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए।उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय लगिदैँछ।
Facebook Comments Box