काठमाडौं : हालै मुलुकको नयाँ गृहमन्त्री बनेका सुदूरपश्चिमस्थित कञ्चनपुरका काँग्रेस नेता समेत रहेका रमेश लेखकले २ सल्लाहकार राखेको विषय सार्वजनिक भएको छ।
लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र शेरबहादुर सिंहलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको विषय सार्वजनिक भएको हो।
अहिले उनीहरू दुबैलाई बधाईको ओइरो लागेको छ। उसो त गृहमन्त्रीको सल्लाहकार बन्न हानाथाप चलेको बताइन्छ। हाल बधाई खाइरहेका एकजना पत्रकार कञ्चनपुर घर भएका सिंह राससको सरकारी कर्मचारी हुन् भने अर्का भट्ट अछामका स्थायी बासिन्दा भएकोमा काठमाडौंकै एक मिडियामा कार्यरत छन्।
सिंह रासस कञ्चनपुरको प्रमुख पनि हुन्। त्यस्तै आउँदा आउँदै गृहमन्त्री लेखकले आफू अनुकुल केही एसपी, डीएसपी र इन्सपेक्टरको काज गरेको आरोप लागेको छ।
लेखकले केही ठाउँमा पार्टीका कार्यकर्तालाई सहयोग नगर्ने प्रहरीलाई तानेर अनुकुल अधिकारी पठाएको बताइएको छ।
र, यो पनि: पाँच महिनामै तानिए एसपी बोहरा, शाही पठाइए
प्रहरीका ९ डीएसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ५ एसपीको काज सरुवा, को कहाँ?